Logo

बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ



कञ्चनपुर,७ फागुन । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका–६ बिद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot