Logo

भागरथीको शवयात्रा, शेरा आर्यघाटमा दाहसंस्कार गरिने



काठमाडौं, ७ फागुन । बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शवयात्रा भइरहेको छ । उनको शव बैतडीको सदरमुकाम गोठालापानीबाट महाकाली नदीको शेरा आर्यघाटका लागि शुरु भएको हो । शवयात्रामा ठुलो संख्यामा स्थानीय, विद्यालयका विद्यार्थीहरु सहभागी छन् ।

भागरथीको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिने भएको छ । परिवारले आज शव बुझेपछि उनको दाहसंस्कार हुन लागेको हो ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो । हत्याको १४ दिनपछि आरोपी दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको हो । भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो ।-तस्बिर स्रोत: बिनोद बिष्ट /बैतडी



प्रतिक्रिया दिनुहोस्

Screenshot