काठमाडौं, ७ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको शेयरमुल्य समायोजन गरेको छ । कम्पनीको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार ५५ रुपैयाँ कायम हुने गरी शेयर मुल्य समायोजन गरेको जनाएको छ ।
कम्पनीको बिहीबार भएको अन्तिम कारोबारको आधारमा २ हजार ७ सय ५५ रुपैयाँको आधारमा शेयर मुल्य समायोजन भएको हो ।