Logo

सिभिल लघुवित्तको साधारण सभा चैत्र ५ मा



काठमाडौं, ७ फागुन । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ५ गते साधारण सभा बोलाएको छ । संस्थाले नवौं वार्षिक चैत्र ५ गते त्रिपुरेश्वरमा बिहान ११ बजे गर्ने भएको हो ।

हिजो बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ०.१८४ प्रतिशत नगद लाभांश र ३.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो । आगामी सभाले आर्थिक वर्ष ०६७÷७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरेर पारित गर्ने र आगामी वर्षको लागि ०७७÷०७८ वर्षको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्