Logo

फागुन २९ मा पिपुल्स हाइड्रोपावरको साधारण सभा



काठमाडौं, ७ फागुन । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा गर्ने भएको छ । बिहीबार बसेको संचालक समितिको बैठकले ०७६÷०७७ को वार्षिक सभा फागुन २९ गते बानेश्वरस्थित इन्द्रेणी बैक्वेटमा बस्ने निर्णय गरेको हो ।

२९ गते भर्चुअल माध्यमबाट हुने सभाले वार्षिक प्रतिवेदन माथि छलफल गरेर पारित गर्ने र ०७७÷०७८ को लागि लेखा परिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्