Logo

प्रभु बैंकद्वारा सिन्धुलीको भानुभक्त माविलाई कम्प्युटर सहयोग



काठमाडौं, ७ फागुन । प्रभु बैंकले सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित उक्त विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर सहयोग गरेको हो ।

विद्यालयमा आयोजित एक समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । बैंकले विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने उदेश्यले सहयोग गरेको जनाएको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैंकले आगामी दिनहरुमा यस क्रियाकलापलाई निरन्तरता दिइरहने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्