Logo

गरिमा विकास बैंकको ‘गरिमा सजिलो अटो लोन’



काठमाडौं, ७ फागुन । गरिमा विकास बैंकले न्युनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ शुक्रबार सार्वजनिक गरेको छ । बैंकले आफ्नो कर्जा प्रवाह रणनितिलाई प्रभावकारी गराउन उक्त ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकको अनुसार यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८८० प्रतिशतसम्म अधिकतम १० वर्षको लागी कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले जनाएको छ ।

३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा बैंकले दिदै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्