Logo

कम्युनिस्टहरु नालायक प्रमाणित: प्रकाशमान सिंह



काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरु नालायक र असक्षम प्रमाणित भएको बताएका छन् । उनले देशको महत्वपूर्ण कार्यभार सुम्पदा समेत कम्युनिस्टले पूरा गर्न नसकेको स्मरण गराउँदै दुई तिहाईको सरकार बनाउँदाको अवस्थामा पनि असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गराएको बताए ।

कम्युनिस्टहरु नालायक र असक्षम हुन्, सिंहले आज काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उदघाटन कार्यक्रममा बोल्दै भने,संविधान बनाउने जिम्मा पाउँदा पनि सकेनन्, अहिले सरकार चलाउन पनि नसकेर संसद विघटन गरे ।

पटक पटक मौका पाए पनि कम्युनिष्ट सफल हुन नसकेको भन्दै ईतिहासमा कांग्रेसले सधै जनताको कार्य गरेको र अझै पनि कांग्रेस जनताको सेवा गर्न सधै तयार रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताए ।

सिंहले नेपाल कम्युनिष्ट पार्टी सत्ता सञ्चालनमा असफल भएकाले नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताए ।

उनले भने “नेकपा सत्ता सञ्चालनमा असफल भयो । अब नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको छ । र जनताले बिदा पनि गर्छन् ।”

ओलीले संबिधान अनुसार होइन ,राजनैतिक निर्णय गरेको बताएकाले यसबाट ओली आफैले असंबैधानिक कदम उठाएको स्वीकार गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्