Logo

प्रचण्ड र माधव नपालले आफ्नो समूहका केन्द्रीय नेताहरुलाई तयारी अवस्थामा रहन भने



काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यहरुलाई आज दिउँसो नागरिकतासहित उपस्थित हुन भनिएपछि हतारिदै पुगे । उनीहरु निर्वाचन आयोगसम्म जानुपर्ने अवस्था आउने भनिएको थियो । तर, आज पछिल्लो राजनीतिक घटनाक्रम र सम्भावनाबारे गम्भीर समिक्षा भयो ।

प्रचण्डले अहिलेको राजनीतिक अवस्थामा केही दिन निकै जटिल भएको विश्लेषण गरे । उनले आफूहरुको पक्षमा अदालतबाट फैसला आउने र निर्वाचन आयोगले पनि निर्णय गर्नेमा विश्वस्त भएपनि आशंका गर्ने ठाउँहरु पनि भएको बताए । देशको राजनीतिमा अविश्वसनीय घटनाहरु विकास भएकोमा प्रचण्डको चासो थियो । यी विषय राख्दै उनले केन्द्रीय सदस्यहरुलाई जुनसुकै अवस्थाको सामना गर्न तयार रहन भने ।

माधव नेपालले पनि कुनै हालतमा अहिलेको संघर्ष जित्नुपर्ने बताए । उनले प्रतिनिधि सभा पुनःस्थापना नै बटमलाइन हुने बताए । अदालतको फैसला संसद पुनःस्थापना हुने गरी आउनुपर्नेमा उनको जोड थियो । तर, त्यस विपरित आएमा नयाँ घटना विकास हुनसक्नेतर्फ समेत संकेत गरे ।

ओलीको आलोचनामा निकै समय खर्चिएका नेपालले नसोचेको कदम चालेर देशलाई संकटमा लगेको बताए । अझै पनि मिल्नका लागि ओलीले दूतहरु खटाइरहेको तर कुनै भ्रममा नपर्ने बताए । केही दिन राजनीति निकै तरल अवस्थामा रहने भएकाले तयारी अवस्थामा रहन भने ।

विभिन्न भ्रम र प्रलोभन पारेर ओलीले केहीलाई आफ्नो पक्षमा लगेको तर उनीहरु पनि फर्किएर आउने बताए । उनले वामदेव पनि आफूहरुकै समूहमा आउने बताए । ओलीको भ्रमबाट सबै मुक्त हुँदै गएको सुनाए । विगतमा आफूहरुलाई पनि भ्रममा अलमलाएको उनको भनाई थियो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot