Logo

निर्वाचन आयोगसँग रिसाए ओली, चुनावी प्रक्रिया ढिला गरेको आरोप



फागनु ७, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ७१ औ प्रजातन्त्र दिवसका अवसरमा पर्यटन मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा काठमाडौमा गरेको साहित्यीक तथा सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको मिति नजिकिर्दै गर्दा पनि आयोगले अहिलेसम्म कार्यतालिका समेत प्रकाशित गर्न नसकेको बताएका हुन् ।

पुष ५ गते निर्वाचन घोषणा गरेपछि पुष ६ गते नै आयोगका पदाधिकारीलाई निर्वाचनको तयारी गर्न भनेपनि निर्वाचनको सोचेजस्तो तयारी हुन नसकेको ओलीको भनाई छ । देश ताजा जनादेशका लागि निर्वाचनमा जान लागेको भन्दै कुनै पनि षडयन्त्रले निर्वाचनलाई रोक्न नसक्ने ओलीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले केहि तत्वले मुलुकलाई अस्थीरताको चक्रव्युहमा पार्न खोजेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको पनि बताए । ताजा जनादेशमा जाने निर्णयले संविधान नमिचिएको र लोकतन्त्र पनि खतरामा नपरेको प्रधानमन्त्री ओलीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot