Logo

बाटो विराएका प्रचण्डलाई झाँक्रीले जोगाउन सक्दिनन् : केपी ओली



फागुन ८, काठमाण्डौ । आफ्नो समुहका नेता कार्यकर्तालाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री केपी ओलीले आज पनि प्रचण्ड माधव समुहप्रति व्यङ्ग्य र कटाक्ष गरेका छन् । उक्त समुहका एक जना अध्यक्ष पुष्पकमल दाहाललाई आफूतिरै फर्किन आग्रहसमेत गरेका ओलीले बाटो विराएकाहरुले दुःख पाउने चेतावनी दिए ।

प्रदेश नम्बर एकको विराटनगरमा आयोजित नेकपको ओली समुहको जनसभालाई सम्बोधन गरेका ओलीले विगतमा जस्तै नेकपाकै अर्को समुहप्रति कटाक्ष गरे । सम्बोधनको सुरुमै सभामा उपस्थित कार्यकर्तालाई हौसला दिदै ओलीले प्रचण्ड माधव समुहको भेलामा बल्ल बल्ल २–४ हजार व्यक्ति सहभागि भएको भन्दै याथार्थभन्दा बाहिर गएर भ्रम फैलाउने प्रयास गरे । उनले सभा कस्तो हुन्छ भनेर हेर्न आग्रह मात्रै गरेनन्, यथार्थ भेला क्यामरा, ड्रोन र आँखाले नदेखिने र चन्द्रमाबाट मात्रै देख्न सकेको तर्क गरे ।

ओलीले प्रचण्डलाई व्यङ्ग्य गर्दै कहिले डाक्टर कहिले वैद्य त कहिले झाँक्रीको सहयोग लिने गरेको बताए । रामकुमारी झाँक्रीलाई संकेत गर्दै ओलीले अब प्रचण्डलाई ति झाँक्रीले पनि जोगाउन नसक्ने जिकिर गरे । प्रचण्डले राजनीतिक रुपमा बाटो विराएको भन्दै आफूतिरै फर्किन ओलीले आग्रह गरेका छन् ।

प्रचण्ड माधव समुहकै अवरोधका कारण सरकारले काम गर्न नपाएको भन्दै अहिले तीबै गतिमा काम गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot