Logo

विप्लवले भने : सरकारसँग वार्ताको लागि सकारात्मक छौं (विज्ञप्तीसहित)



काठमाडौं, ८ फागुन । नेकपा विप्लव समूहले आफ्नो पार्टी वार्ता तथा सम्वादको लागि सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएका हुन् । जारी विज्ञप्तीमा भनिएको छ,‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम समूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’

 



प्रतिक्रिया दिनुहोस्