Logo

साढे बीस अर्ब बराबरको धितोपत्र निष्कासनको अनुमति



काठमाडौं, फागुन ९ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ को छ महिनामा २० अर्ब ५६ करोड बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको छ ।

सो अवधिमा बोर्डले १० अर्ब ४६ करोड रुपियाँ बराबरको साधारण सेयर, छ अर्ब ६४ करोड बराबरको डिबेन्चर, एक अर्ब ९६ करोड बराबरको हकप्रद सेयर र एक अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड गरी कुल २० अर्ब ५६ करोड बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको हो । सूचीकृत कम्पनीमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१।९ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४।७ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा १५.७ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ पुससम्ममा सूचीकृत पाँच अर्ब ३५ करोड सेयरको चुक्ता मूल्य ५२५ अर्ब ७९ करोड रुपियाँ रहेको छ ।

आर्थिक वर्ष २०७७र७८ को छ महिनासम्ममा एक खर्ब ५० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र, १३ अर्ब ८३ करोड बराबरको साधारण सेयर, सात अर्ब २६ करोड बराबरको बोनस सेयर, सात अर्ब बराबरको डिबेन्चर दुुई अर्ब ५० करोड बराबरको हकप्रद सेयर र ६५ करोड बराबरको म्युचुअल फन्ड गरी कुल एक खर्ब ८१ अर्ब २५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

२०७६ पुस मसान्तमा १२६३.४ रहेको नेप्से सूचकाङ्क २०७७ पुस मसान्तमा २२८६.६ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो । २०७७ पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण ३०७९ अर्ब ९४ करोड पुगेको छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot