Logo

सात वर्षपछि नेपालमा देखियो कङकङ चिल



काठमाडौं, फागुन ९ । कङकङ चिल सात वर्षपछि नेपाल आएको छ । सन् २०१३ मा देखिएको यो चिल सात वर्षपछि नेपालमा देखिएको हो ।

पृथ्वीको उत्तरी भूभाग चीनलगायतका देशमा रमाउने कङकङ चिललाई ह्वाइट टेल इगल भनिन्छ । सिकारी चराविद् डा। तुलसी सुवेदीले जाडो छल्न बसाइँसराइ गरेर नेपाल आउने क्रममा अन्नपूर्ण क्षेत्रको ठूलो खर्कमा यो चिल भेटिएको बताए । उनले भदौपछि बसाइँसराइ गरेर नेपाल आउने सिकारी चरामध्ये दुर्लभ मानिने यो चरा विगत सात वर्षसम्म भने नेपालमा नभेटिएको जानकारी दिए ।

उनका अनुसार यस पटक पनि जम्मा एउटा मात्र कङकङ चिल बसाइँ सरेर नेपाल आएको हो । हिमाली भेगमा जाडो बढेपछि तल झर्ने यो चिल नेपालको पहाडी भेगको सिमसार क्षेत्रमा रमाउने गर्छ । सन् २०१३ अघि पनि थोरै सङ्ख्यामा आउने गरेको थियो । त्यसपछि भने एकाधको सङ्ख्यामा धेरैपछि नेपालमा रेकर्ड भएको हो । माछा खान सिकार गरेर खान मन पराउने चिलले रसिया र जापानको चिसो भेगमा पुगेर बच्चा कोरल्ने गर्छ । नेपालमा छोटो समय बसेर उता लाग्छ ।

अरू चिलजस्तो बस्ती र जङ्गल धाएर साना जीवजन्तुको सिकार यसले गर्दैन । उनले बसाइँसराइ गर्ने मार्ग फरक हुँदै गएकाले पनि यो चरा नेपालमा कम आएको हुन सक्ने अनुमान गरे।

चराविद् सुवेदीले यस पटक मङ्गोलियाबाट आएको सिकारी चरा तोप बाज पनि नेपालमा एउटा मात्र भेटिएको जानकारी र्दिए । यसको सङ्ख्याको गिरावट हुँदै गएकाले पनि नेपालमा कम आउन थालेको अनुमान छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot