Logo

पूवराजा ज्ञानेन्द्र र पूर्व रानी कोमलको डान्स (भिडियोसहित)



काठमाडौं, ९ फागुन । जब चाँदनी शाहको शब्द र तारा देवीको स्वर रहेको ‘शुभकामना भरी हरेक स्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकुँ म’ गीत बज्न थाल्यो । पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व रानी कोमलको हात समातेर नाँच्न थाले । जोडी नाँच्दाको माहोल निकै रोमाञ्चक बन्यो ।

राजपरिवारका सदस्यहरु झापाको होटल मेची क्राउनमा ७ फागुनको साँझ भेला भएर पूर्व रानी कोमल राज्यलक्ष्मी शाहको जन्मदिन मनाउँदै खुबै नाँचे । पूर्व राजा रानीले पनि दिल खोलेर नाँचे ।

पूर्व राजपरिवार आज झापाको होटल मेची क्राउनमा छन् । उनीहरु पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको जन्मदिन मनाउन भेला भएका हुन् । पूर्व राजपरिवारका लागि होटलका रुमहरु नै भरिएका थिए ।

फेरि गीत बज्न थाल्योः सम्झना बिर्सना सलललल… सबै जना एकसाथ नाँच्न थाले । यसरी पूर्व रानी कोमलको जन्मदिन पूर्व राजपरिवारका सदस्यले मनाए ।

पूर्वराजा ज्ञानेन्द्र र कोमल जन्मदिन मनाउने उद्देश्यले आइतबार नै झापा पुगेका थिए । कोमल ७ फागुनबाट ७० वर्ष पुगेकी छिन् ।

अब पूव राजा १६ फागुनमा स्वर्गीय राजा महेन्द्र शाहको श्राद्ध परेकाले फर्कने भएका छन् । त्यसपछि उनी पुनः झापा नै पुग्नेछन् । त्यहाँबाट उनको भारत भ्रमण हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्