काठमाडौं, ९ फागुन । सिभिल बैंक लिमिटेडको दशौ वार्षिक साधारण सभा आज हुँदैछ । माघ १५ गते बसेको संचालक समितिको बैठकले बैकको केन्द्रिय कार्यालय सुन्धारामा भर्चूअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
सभा प्रयोजनार्थ बैंकले माघ २३ गते एक दिन बुक क्लोज गरेको थियो । आज बस्ने सभाले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश पारित गर्ने जनाइएको छ ।