Logo

मन्त्री भट्टको दाबी : संसद् पूनःस्थापना हुँदैन्, तोकिएकै मितिमा निर्वाचन हुन्छ



कैलाली, ९ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तोकिएकै मितिमा निर्वाचन हुने स्पष्ट पारेका छन् । उनले निर्वाचनको आवश्यक तयारी सुरु भैसकेकोले कोही पनि अलमलमा पर्न नहुने धारणा राखे । त्यस्तै, उनले संसद विघटनविरुद्ध अदालतमा परेको मुद्दाको सम्बन्धमा पनि अदालतले सरकारको पक्षमा नै फैसला गर्ने विश्वास दिलाए । आइतबार गृहजिल्ला कैलालीमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले दुई÷चार दिनभित्रै प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला आउने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्