Logo

भारतसँग किनेको दश लाख डोज खोप नेपाल आईपुग्यो (फोटोफिचर)



काठमाडौं, ९ फागुन । नेपाल सरकारले भारतसँग किनेको कोरोनाविरुद्धको भ्याक्सिन काठमाडौं आईपुगेको छ । खोप आज दिउँसो २ बजे एयर इन्डियाको जहाजमार्फत ल्याईएको हो । उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्ड रुममा भण्डार गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने छ ।

यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot