काठमाडौं, ९ फागुन । मुक्तिनाथ विकास बैंकले ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयाता सुरु गरेको छ । बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि नयाँ सहयाता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालनमा ल्याएको जनाएको छ ।
यो सुविधाबाट ग्राहकहरुले यस भर्चुअल सहयाता सेवा मार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्ने बैंकले विश्वास गरेको छ ।
बैंकका अनुसार यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ सै घण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट लिन सक्नेछन् ।
यस सेवाको लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्ति भाइ वा बैंकको मासकट ‘मुक्ति भाई ’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सक्नेछन् ।