काठमाडौं, ९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आजको बसेको बैठकमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको हो । आजको बैठक रोक्नको लागि राई पक्षले सभामुख प्रदीप कुमार भण्डारीलाई दबाब दिएको थियो । प्रदेश सभाको अब अर्को बैठक फागुन २० गते दिउँसो १ बजे बस्ने भएको छ ।