Logo

राष्ट्रिय परिचयपत्रका लागि नागरिकता बनाउनेको भीड



डडेल्धुरा, फागुन १० । पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता बनाउनेको भीड बढेको छ । राष्ट्रिय परिचयपत्र बनाउन नेपाली नागरिकता अनिवार्य चाहिने भएकाले नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरुको भीड बढेको हो ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्नुका साथै कोरोनाका कारण लामो समयसम्म नागरिकता बनाउन नसकेकाले नागरिकता बनाउन थालेपछि भीड बढेको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

सामान्यतया दैनिक १० देखि २० जनासम्म मात्रै नागरिकता बनाउने गरेकोमा विगत दुई महिनायता भने दैनिक १ सयदेखि १ सय ५० जनासम्म नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आउने गरेको उनको कथन छ ।चालू आर्थिक वर्षको माघ महिनासम्म ४ हजार २ सय १८ जनाले नयाँ नागरिकता लिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot