Logo

थोरै तलबमा काम गर्दै स्वयंसेवक शिक्षक



बैतडी, फागुन १० । स्थानीय तहले भर्ना गरेका स्यवंसेवक शिक्षकहरू न्युन तलबमा काम गर्दै आएका छन्। जिल्लाका १० वटा स्थानीय तहमा दोगडाकेदार गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले स्वयंसेवक शिक्षक भर्ना गरेका छन्। थोरै तलबमा काम गर्दा विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउन नसकेको अभिभावकको भनाइ छ।

सरकारले पारिश्रमिकका लागि न्युनतम मापदण्ड लागु गरेको भए पनि यहाँका स्थानीय तहले आपूm अनुकुल शिक्षकको तलब दिने गरेका छन्। तलबमा एकरूपता नहुनु र उचित पारिश्रमिकको व्यवस्था नहुँदा शिक्षा क्षेत्रको शैक्षिक गुणस्तरमा प्रभाव परेको स्वयंम शिक्षकहरूकै भनाइ छ।

एउटै तहमा अध्यापन गराउने शिक्षकले स्थानीय अनुसार फरक–फरक तलबमापन राखिएको छ। पाटन नगरपालिकाले अन्य स्थानीय तहभन्दा थोरै तलब दिने गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्