Logo

चिकित्सक लिएर गाउँमा सेना



जुम्ला, फागुन १० । कोभिड–१९ का कारण अस्पतालमा पुग्न नसकेका स्थानीयको स्वस्थ्यपरीक्षण तथा उपचारका लागि विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना गाउँमा पुगेको छ । स्त्री रोग विशेषज्ञ तर जनरल मेडिसिनका चिकित्सक लिएर सेना गाउँमै पुगेको हो । कोभिडका कारण जनता अस्पताल सम्म पुगेर ढुक्क संग उपचार गर्न पाएका छैनन, नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले भने, ‘जनताको स्वास्थ्य अवस्था सुधारका लागि गाउँमै विशेषज्ञ चिकित्सक लिएको हो । विशेषज्ञ चिकित्सक गाउँमै लिएर उपचार गर्दा जनता निकै उत्साहित भए ।’

जुम्लाको गठिचौर गाउँपालिका ३ गज्र्याङकोटमा सेनाले विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना नम्बर २४ बाहिनी अड्डा, नन्दबक्स गण र २४ नम्बर फि।ए ले गाउँमै चिकित्सक पु¥यायो । कोभिड–१९ का कारण स्वास्थ्य संस्था र अस्पताल सम्म पुग्न नसकेका स्थानीयका लागि यो सेवा केन्द्रीत रहेको २४ नम्बर बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटाले जानकारी दिए । उनले भने,‘जनताको हरेक सुखदुखमा साथ दिन्छौँ । सेना जनताको असल सेवक बन्न चाहान्छौँ । जनताको स्वास्थ्यमा संवेदनशिल भएर कार्य गरिरहेका छौँ । यो यसैको एक उदाहरण हो ।’

स्थानीय कृष्णबहादुर बुढाले सामान्य बिरामीको उपचार र जटिल रोगको समेत सेवा पाउँदा उत्साहित भएको बताए । ढाड दुखेको, आँखा दुख्ने र ज्वरो आउने समस्याले ग्रसित उनी गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा खुसि लागेको प्रतिक्रिया दिए । मैले आर्थिक अभावका कारण अस्पताल सम्म पुगेर उपचार गनसकेको सकेको छैन् । उनले भने,‘सेनाले गाउँमै विशेषज्ञ चिकित्सक ल्याएर उपचार गराइदिएको प्रति निकै खुसी छु । स्वास्थ्य चेक गरेर औषधि पनि निशुल्क पाउदा दंग छौँ ।’

गरिबलाई यो शिविरले गाउँमै अस्पताल खुलेको जस्तो अनुभति गराएको उनी बताउँछन् । तल्लो पेट र छाति दुख्ने समस्या लिएर आएकी ललिता बुढा गाउँमै उपचार सेवा पाउदा खुसि भइन । उनले भने,‘आर्थिक अभाव र बेफुर्सदीका कारण अस्पताल जान सकेको थिइन । रोग पालेर बेसकी थिए । बल्ल सेनाको सहयोगमा चेकजाँच गराए । औषधि उपचार पाए ।’ उनले नेपाली सेना त जनताको सुखदुखको सारथी रहेको अनुभुति दिलाएको बताइन ।

श्री नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटा विशेषज्ञ स्वास्थ्य सेवाले निकै राहत मिलेको बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्