Logo

चालक र शिक्षकलाई पनि खोप



काठमाडौं, फागुन १० । सरकारले कोभिड १९ विरुद्धको खोपअभियानको तेस्रो चरणमा शिक्षक र सार्वजनिक यातायातका चालकलाई पनि खोप दिने निर्णय गरेको छ। यो निर्णयअनुसार विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक बसका चालक र सहचालकलाई खोप दिइनेछ। यसअघि नै औषधि पसलमा कार्यरत कर्मचारी, प्रयोगशालामा कार्यरत कर्मचारी तथा सफाइ कर्मचारीलाई पहिलो प्राथमिकतामा खोप दिने निर्णय भएको छ।

तथ्यांकअनुसार नेपालमा सरकारी शिक्षकको संख्या १ लाख ८० हजार, निजी विद्यालयका शिक्षकको संख्या ८८ हजार ८ सय ४८ छ। सार्वजनिक बसका चालक र सहचालकको संख्या करिब २ लाख रहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौला बताउँछन्। यो हिसाबले तेस्रो चरणमा ४ लाख ६८ हजारजनालाई खोप दिनुपर्छ। फागुन २३ गतेबाट सरकारले ५५ वर्षमाथिका नागरिकलाई खोप दिने निर्णय गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्