काठमाडौं, १० फागुन । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० ओटा बंक बेट, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ ।
सन् २०१८ मा संचालन भएको उक्त सामाविक संस्थाले स८कमा बस्ने शारिरीक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्दार तथा पुनस्थापनामा सहयोग गर्दै आएको छ । हेटौडौ, मकवानपुरमा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १० केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गदै आएको छ ।
उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा श्री भेन्कछ नागेश्वर चलासनी, उप प्रबन्ध निर्देशक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक, श्री सोमा संकरा प्रसाद, उप प्रबन्ध निर्देशक तथा समुह अनूपालना अधिकृत, भारतीय स्टेट बैंक, श्री बि.आर.एस. सत्यनारायण, प्रमुख महाप्रबन्धक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक तथा अध्यक्ष, नेपाल एसबिआई बैंक, श्री विरन्ची नारायण रथ, उप महाप्रबन्धक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक, नेपाल एसबिआई बैंकका संचालकहरु श्री बाल कृष्ण श्रेष्ठ, श्री अर्जुन कुमार गौतम, श्री विमला सवेदी ्प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कूमार दे तथा बैंकका अन्य विशिष्ट अधिकारीहरुको उपस्थितीमा आश्रमका गण्डकी प्रदेश प्रमुख श्री होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक श्री राजन सापकोटा लाई उक्त सामानहरु ह्स्तान्तरण गरेका थिए ।