Logo

बिल तथा श्रोत नखुलेको मोबाइल सहित ७ जना पक्राउ



काठमाडौं, १० फागुन । बिल तथा श्रोत नखुलेको मोबाइल सहित ७ जना पक्राउ परेका छन् । काठमाडौं न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ पाकोस्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १ सय ७७ थान बिल तथा श्रोत नखुलेको मोबाइल सहित ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिना बिलको राजश्व छलीका मोबाइलहरु बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मोबाइलहरु फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot