Logo

नेपाल राष्ट्र बैंकले ८ वर्षे ऋणपत्र बिक्रि गर्दै



काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्रि गर्ने भएको छ । आज एक विज्ञप्ति जारी गरेर बैकले ८ वर्ष अवधिको ऋणपत्र २०८५ बिक्रि गर्न लागेको जानकारी दिएको हो ।

बैंकका अनुसार उक्त ऋणपत्रमा ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने भएको छ । ऋणपत्रमा धितो राखेर कर्जा लिन र दिन पाइने व्यवस्था बैंकले गरेको छ । बोलपत्रमा फागुन ११ गते हुनेछ भने निष्कासन फागुन १२ गते भएर ऋणपत्रको साँवा २०८५ साल फागुन १२ गतेसम्म भुक्तानी हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्