Logo

जि.पि. कोइराला अध्ययन सर्लाहीको अध्यक्षमा रायमाझी मनोनित



काठमाडौं, १० फागुन । जि.पि. कोइराला अध्ययन केन्द्रले सर्लाही जिल्लाको अध्यक्ष पदमा मनिस रायमाझीलाई मनोनित गरेको छ । आज (सोमबार) सस्थाका सल्लाहकार एवं नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलको उपस्थितिमा संस्थाका महासचिव निरन्जन थापा र अध्यक्ष राम प्रसाद अधिकारीले मनोनित पत्र हस्तान्तरण गरेका हुन् ।

संस्थाको विधानमा रही राष्ट्रिय राजनितिका महानायक गिरिजा प्रसाद कोइरालाले पुर्याएको योगदानको पछिल्लो पुस्तासम्म लैजान अग्रजहरुको सल्लाह र जिल्ला स्थित विभिन्न राजनितिक दल, संघ संस्थासँग समेत समन्वय गरेर आफ्नो काम गतिविधि संचालन गर्न पनि पत्रमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्