काठमाडौं, १० फागुन । आज नेप्से परिसुचक ओरोलो लागेको छ । १.२४ प्रतिशत अर्थात ३२.६७ अंकले घटेर २६०७.६७ विन्दुमा रोकिएको हो । आइतबार ३.३६ अंकले बढेर २६४०.३४ विन्दुमा पुगेको थियो । सबैभन्दा धेरै सोमबार १० प्रतिशतले नेपाल इन्फ्रास्ट्रक्चर बैकको शेयरमुल्य बढेको छ ।
साताको कारोबारको दोस्रो दिन नेप्से सुचक अनुसार २०७ कम्पनीका ७८ हजार ८ सय ५८ पटक कारोबार भएर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँ बराबरको २ करोड १७ लाख १४ हजार ४५२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.९२ प्रतिशत अर्थात ९.२२ अंकले घटेर ४७०. ३६ कायम भएको छ । आज हाइड्रोपावर उपसमुह र अन्य समुहको बाहेक १० उपसम्हको परिसुचक घटेको छ । हाइड्रोपावरको २.२६ प्रतिशत र अन्य समुहको १.२९ प्रतिशतले परिसुचक घटेको नेप्सेले जनाएको छ ।
सोमबार सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैकको १० प्रतिशत अर्थात प्रतिशेयर ६० रुपैयाँले बढेर ६६० रुपैयाँ कायम भएको छ । बैंकको आज ३२ करोड १२ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया बैको सबैभन्दा धेरै ३८ करोड २४ लाख भन्दा धेरैको शेयर कारोबार भएको छ ।