Logo

रक्षक नै भक्षक भएपछि…



काठमााडौं, १० फागुन । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामनगर, गौशाला महोत्तरीका सशस्त्र प्रहरी बरिष्ठ हवल्दार सरबन कुमार बस्नेतलाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सेवाग्राहीसँग काठ दाउरा ओसारपसार गर्न सहजीकरण गरिदिने भन्दै १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको थियो ।

बस्नेतमाथि कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot