Logo

संसद विघटनविरुद्ध नेपाल दलित मुक्ति संगठनको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १० फागुन । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई नेपाल दलित मुक्ति संगठनले प्रतिगमनको संज्ञा दिएको छ । उक्त कदमविरुद्ध संगठन केन्द्रीय संघर्ष समितिले प्रदर्शन गरेको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार काठमाडौंको माइतीघर मण्डलमा सोमबार नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले संविधानको ‘कू’ प्रतिगामी कदमविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

संगठनले संवैधानिक आयोगहरुमा हालै गरिएको असंवैधानिक नियुक्तिहरु खारेज हुनुपर्ने र असंवैधानिक तवरबाट गरिएको संसद् विघटन यथाशीघ्र पुनःस्थापना हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्