Logo

सिंहदरबारमा सुरक्षा परिषद्को आकस्मिक बैठक



काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान बस्दैछ। सुरक्षाको समग्र वस्तुस्थितिबारे समीक्षा गर्न बोलाइएको नियमित बैठक भएको बताइएको छ। कुनै विशेष एजेन्डा नभएको स्रोत बताउँछ।

यसअघि सुरक्षा परिषद्को बैठक कात्तिक ५ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो। सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ। प्रधानमन्‍त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषदमा सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ। परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन्। अन्य सुरक्षा निकायका प्रमुखहरूलाई बैठकमा आमन्‍त्रितका रुपमा बोलाउने चलन छ।

२०७७ माघ २५ गते राष्ट्रिय सुरक्षा परिषद्को आयोजनामा जंगीअड्डामा भएको ुनेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरुु बिषयक दुईदिने सेमिनारका निश्कर्ष एवं सुझावबारे छलफल गर्न बैठक बोलाइएको आजको अन्नपूर्ण पोस्ट् दैैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot