Logo

लागूऔषधसहित पक्राउ



काठमाडौं, ११ फागुन । अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकबाट १३.५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित बारा आदर्श कोतवाल गाउँपालिका–३ ठेगाना भएका १९ वर्षीय रितिक कुमार यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रितिकलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनी उपर लागूऔषध अफिम मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot