काठमाडौं, ११ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको सोमबार भएको अन्तिम कारोबार मुल्य १६ सय २७ रुपैयाँको आधारमा बोनस शेयरको समायोजन पछि १४ सय ४० रुपैयाँ निर्धारण गरेको हो ।
लघुवित्तले साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मुल्य तोकेको हो । यो वर्ष १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले साधारण सभा फागुन २५ गते बोलाएको छ । १ अर्ब ५० करोड रुपैयाँ हाल कम्पनीको चुक्तापुँजी रहेको कम्पनीले जनाएको छ ।