काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँले सर्वोच्च अदालतको संसद पूनःस्थापना गर्ने फैसलाको पूर्ण स्वागत गरेका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा बानियाँले भने,‘संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कांग्रेसले सुरुमै असंैवधानिक भनेको थियो । अदालतको फैसलालाई स्वागत गर्छौं । यो ऐतिहासिक फैसला भयो । राजनीतिक संकटबाट देशलाई बचायो । अब प्रधानमन्त्रीले राजीनामा दिएर निकास दिनुपर्छ ।