Logo

संसद् पूनःस्थापनाको फैसला आएपछि गगन थापाले भने : सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ



काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

थापाले सामाजिक सञ्जालमा थापाले यस्तो बताएका हुन् । उनले भने,‘हामी सवैलाई बधाई । संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot