Logo

राजीनामा नदिएर अझै अर्को नौटंकी गरे ओलीको दुर्गति हुन्छः प्रचण्ड



काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयलाई राजनीतिक दलहरुले ऐतिहासिक फैसला भएको बताएका छन् । राजनीतिक दलहरुले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधान र लोकतन्त्रको पक्षमा भएको प्रतिक्रिया दिएका हुन् ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिईन् । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि दुई महिना बहस भएको थियो । अदालतले सरकारको प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्दै संसद् पुनस्र्थापनको फैसला गरेसँगै राजनीतिक दलहरु उत्साहित भएका छन् ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपीशर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद् पुनस्र्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्डले तत्काल प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

प्रचण्डले भने–‘राजीनामा नदिएर अझै अर्को नौटंकी गरे ओलीको दुर्गति हुन्छ ।’ प्रचण्डले अब सहमतिबाटै अगाडि बढ्ने बताउँदै प्रतिगमनकारी केपी ओलीसँग तत्काल सहकार्य हुन नसक्नेमा जोड दिए । उनले भने, ‘नेपाली जनताले आफै लेखेको संविधानको जित भएको छ । अदालतप्रति जनआस्था सुदृढ भएको छ ।’नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot