Logo

सहमतिको सरकारको प्रस्तावसहित देउवा भेट्न प्रचण्ड नेपाल बुढानिलकण्ठमा



काठमाडौं, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । दुवै नेता महत्वपूर्ण राजनीतिक प्रस्ताव लिएर देउवा निवास पुगेका हुन् ।

विश्वस्त स्रोतका अनुसार प्रचण्ड र नेपालले सहमतिको सरकार निर्माणको प्रस्ताव तयार गरेका छन् । सहमतिको राजनीतिलाई देशमा पुनः सुचारु गर्ने प्रस्तावसहित पुगेका नेताद्वयले त्यसबारे छलफल बढाएका छन् ।

सहमतिको सरकारमा नेकपा, काँग्रेस र जनता समाजवादी पार्टीसहित रहने गरी अगाडि बढ्नेबारे प्रचण्ड र नेपालले विगत देखि नै प्रस्ताव तयार गरेका थिए । अब प्रतिनिधि सभा पुनःस्थापना भएकाले त्यसलाई सार्थक बनाउन उनीहरु सहमतिको वातावरण बनाउन सक्रिय भएका हुन् ।

देउवालाई विगतमा प्रचण्ड र नेपालले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिन आग्रह गर्दै त्यसपछि प्रधानमन्त्री बन्न सहयोग गर्ने बताएका थिए । त्यतिबेला देउवाले सकारात्मक जवाफ नदिई अदालतको आदेश पर्खन मात्र भनेका थिए । उनी चुनावको पक्षमा उभिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot