Logo

राजीनामा दिनेबारे प्रधानमन्त्री ओली परामर्शमा



काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनेबारे परामर्श थालेका छन् । उनले त्यसबारे परामर्श गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

नेकपा ओली समूहको स्थायी कमिटीको बैठकबारे जानकारी दिने क्रममा प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा ज्ञवालीले भने‘प्रधानमन्त्री जे गर्दा ठिक हुन्छ त्यही गर्ने विषयमा परामर्शमा हुनुहुन्छ ।’ मुलुकलाई अन्यौल र अनिर्णयमा राख्न नहुने पक्षमा ओली रहेको बताए ।

ज्ञवालीले छिट्टै प्रतिनिधि सभा बैठक डाक्न मन्त्रिपरिषदले सिफारिश गर्ने जानकारी दिए । सर्वोच्च अदालतको हिजोको फैसला अनुसार १३ दिनभित्र संसद बैठक ठाक्नुपर्ने हुन्छ । ज्ञवालीले सर्वोच्चको फैसलाको सम्मान गर्दै फैसला कार्यान्वयन गर्ने निर्णय गरने बताए ।

नेकपा एकीकरणको सम्भावना अझै रहेको उनले बताए । काँग्रेससँग सत्ता समिकरणका लागि प्रचण्ड र माधव नेपाल समूह दौडधुपमा लागेको भन्दै त्यस्तो भएमा एकीकरणको सम्भावना नरहने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot