Logo

मिलेर सरकार बनाउने दाहाल-नेपालको प्रस्तावमा देउवाले भने–यसबारेमा पार्टीमा छलफल गर्छु



काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा पुगेर दाहाल र नेपालले अब मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए । सर्वोच्च अदालतले हिजो संसद पूनःस्थापना गर्ने फैसला गरेपछि दाहाल र नेपालले मिलेर सरकार बनाउन देउवासामू प्रस्ताव राखेका हुन् ।

तर, देउवाले प्रस्ताव सकारात्मक भएको भन्दै यसबारेमा पार्टीमा छलफल गर्ने जवाफ दिएका हुनु् । देउवाले भोलि विहान पदाधिकारी बैठक बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्