काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । नरोत्तम वैद्य र नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चले यस्तो अन्तरिम आदेश दिएको हो । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
आजमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमापूजा गर्दै पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राखेकी थिईन् । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको थियो । FILE PHOTO/ReportersNepal