Logo

सरकारको असहयोगले ‘डाइभर्ट’ हुँदै पर्यटक



काठमाडौं, फागुन १३ । पर्यटकीय गतिविधि ठप्पप्रायः रहेको १ वर्षसम्ममा पनि सरकारले लागू गरेका स्वास्थ्य मापदण्डमा परिमार्जन नहुँदा नेपाल आउने पर्वतारोही तथा पर्यटक अन्य गन्तव्यमा ‘डाइभर्ट’ हुन थालेका छन् ।

पर्वतारोहण तथा ट्रेकिङमा आउने विदेशी पर्यटकले गन्तव्य नै परिवर्तन गर्दा नेपाली टुर तथा ट्राभल्स अपरेटरहरू अत्तालिन थालेका छन् । पर्यटकले गन्तव्य परिवर्तन गर्न थालेको एक उदाहरण पाकिस्तानको केटु हिमाल आरोहण हो ।

पाकिस्तानमा रहेका हिमाल आरोहण समर सिजनमा मात्रै हुँदै आएकोमा अहिले त्यहाँको सरकारले पर्यटक प्रवेशमा खुकुलो नीति कार्यान्वयनमा ल्याएको छ । सोही कारण स्प्रिङ र अटम सिजनमा समेत पर्यटक तथा पर्वतारोही जान थालेका छन् ।

नेपालले भने कम्तीमा १० दिनसम्म क्वारेन्टाइन बस्नैपर्ने प्रावधान राखेकाले पर्यटक यहाँ आउन निरुत्साहित भएको पर्वतारोहण तथा ट्रेकिङ व्यवसाय गर्दै आएका व्यवसायी बताउँछन् ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot