Logo

खोप अभियानले जगायो आशा



काठमाडौं, फागुन १३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस विरुद्धको खोप अभियानको विकासले नेपाललगायत सबै मुलुकलाई आशा जगाएको बताएका छन् ।

विश्वले कोभिड–१९ महामारीको बोझ खेपिरहेका बेला कोभ्याक्स र अनुदान खोपले राहत दिएको उनले औँल्याए। भारतलगायत अन्य छिमेकी मुलुकले कोभ्याक्स अभियानको खोप भित्रयाउन गरिरहेको पहलको उनले सराहना गरे।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को मङ्गलबार सुरु भएको ४६औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालमा जारी रहेको खोप अभियानकै कारण कोभ्याक्स खोप अभियानको प्राथमिकतामा नेपाल रहेको जानकारी गराए ।

उनले मानव अधिकारको प्रवद्र्धन र संरक्षणप्रति नेपालको पूर्ण र स्पष्ट प्रतिबद्धतासमेत व्यक्त गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot