Logo

वामदेव विहानै किन पुगे प्रचण्ड निवास



काठमाडौं, १३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम आज विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन् । उनले प्रचण्डसँग एक घन्टा बसेर पार्टी एकताको सूत्रबारे कुराकानी गरेका छन् ।

विहान सात बजे खुमलटार पुगेका गौतम आठ बसेपछि निस्किएका थिए । त्यहाँ उनले प्रचण्डसँग एक्ला एक्लै समेत कुराकानी गरेका थिए ।
गौतमले पार्टीलाई एक बनाइराख्न प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानजनक बर्हिगमन गराएर जानेबारे कुराकानी गरेको बुझिएको छ । नेकपाको बहुमत रहेकाले सरकारको नेतृत्व पनि नेकपाले नै गर्नेबारे गौतमले कुराकानी गरेका थिए ।

नेकपा विभाजन भइसकेपनि गौतम कुनैपनि पक्षमा छैनन् । उनले एकता अभियान चलाउँदै आएका छन् । पछिल्लो समय गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot