Logo

ई–चुरोटको लतले स्वास्थ्यमा प्रतिकूल असर



काठमाडौं, फागुन १४ । युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट) को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमा समेत कतिपयले विद्युतीय चुरोटको लत बसाउँछन् भने कतिपयले फेसनकै रूपमा विद्युतीय चुरोट सेवन गर्छन् ।

युवक मात्र होइन, युवतीमा पनि विद्युतीय चुरोटको लत बस्न थालेको चिकित्सकको अनुभव छ । विद्यालय तथा कलेजका कतिपय छात्रछात्रासमेत विद्युतीय चुरोटको कुलतमा पर्न थालेका छन् । यस्तो चुरोटको प्रयोगले फोक्सोमा समस्या उत्पन्न हुने छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा। अर्जुन कार्कीले बताए । पछिल्ला केही अध्ययनले ई–चुरोटको सेवनकै कारण पनि किशोरकिशोरीको मृत्यु हुने गरेको पाइएको उनले जानकारी दिए ।

डा कार्कीले भने, “यो विभिन्न रासायनिक वस्तुको मिश्रणले बनेका कारण फोक्सोमा विभिन्न समस्या आउनुका साथै ज्यानै जानेसमेत रहन्छ ।” सुर्तीजन्य वस्तुको सेवनले जीवन नाश गर्नु नै हो त्यसमा पनि भेपिङ अथवा ई–चुरोटको प्रयोग नगर्न सुझाव दिँदै उनले ई–चुरोटमा निकोटिनको मात्रा बढी हुने भएकाले अरू चुरोटमा हुने हानिकारक तìव जत्तिकै यसले स्वास्थ्यमा असर गर्ने जानकारी दिए ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्