काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी विभाजित अवस्थामा छ । तर, वैधानिक रुपमा नेकपा अझै एक छ । निर्वाचन आयोगले वैधानिकताको कुनै निर्णय नदिएकाले अहिलेको अवस्थामा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा नै वैधानिक हो ।
प्रतिनिधि विघटनपछि विभाजित नेकपा पुनःस्थापनापछि एक हुने सम्भावना नभएको होइन । तर, मिल्ने सम्भावना न्यून छ । नेकपा विभाजनको घोषणा स्वयं ओली र प्रचण्डले गरिसकेका छन् ।
नेकपा विभाजनपछिको घटनाक्रममा एक अर्कालाई पार्टीबाट निष्काशन गर्नेसम्मको कदमहरु चालिए । तर, ती सबै कदमलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छैन ।
आयोगले मान्यता दिएको अवस्थाको नेकपालाई दृष्टिगत गर्दा सचिवालयमा कुनै समूहको बहुमत छैन । ९ जना सचिवालय सदस्यमध्ये ओली र प्रचण्डसमूह दुवैमा ४४ जना सचिवालय सदस्य छन् । वामदेव गौतम तटस्थ छन् ।
ओली पक्षमा सचिवालयका इश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल छन् । स्थायी कमिटीका १६ जना ओली पक्षका छन् ।
यसअघि रहेको मौजुदा ४३ सदस्यीय स्थायी कमिटीमध्ये २६ जना प्रचण्ड र माधव नेपाल पक्षमा छन् । यो पक्षमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, जर्नादन शर्मा, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायत नेताहरु छन् ।
ओली पक्षधर स्थायी कमिटी सदस्यहरु
अध्यक्ष केपी शर्मा ओली
सचिवालय सदस्य इश्वर पोखरेल
सचिवालय सदस्य रामबहादुर थापा बादल
महासचिव विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
प्रवक्ता प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ्ग
लेखराज भट्ट
टोपबहादुर रायमाझी
मणिचन्द्र थापा
किरण गुरुङ्ग
रघुवीर महासेठ
विष्णुप्रसाद रिमाल
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
प्रचण्ड र माधव पक्षका स्थायी कमिटी सदस्यहरु
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
अध्यक्ष माधवकुमार नेपाल
वरिष्ठ नेता झलनाथ खनाल
प्रवक्ता नारायणकाजी श्रेष्ठ
अष्टलक्ष्मी शाक्य
गणेश शाह
गिरिराजमणि पोखरेल
गोकर्ण बिष्ट
घनश्याम भुसाल
चक्रपाणी खनाल
जर्नादन शर्मा
देवप्रसाद गुरुङ
देवेन्द्र पौडेल
पम्फा भुसाल
वर्षमान पुन
वेदुराम भुसाल
भीमप्रसाद आचार्य
भीमबहादुर रावल
मातृकाप्रसाद यादव
मुकुन्द न्यौपाने
रघुजी पन्त
लिलामणि पोखरेल
युवराज ज्ञवाली
योगेशकुमार भट्ट
सुरेन्द्रप्रसाद पाण्डे
शक्तिबहादुर बस्नेत
हरिप्रसाद गजुरेल
तटस्थ
बामदेव गौतम