काठमाडौं, १४ फागनु । ज्योति लाइफ इन्स्योरेन्सले ६६ लाख कित्ता आईपीओ फागुन २३ गते निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले ६६ करोड रुपैयाँको ६६ लाख आईपीओ निष्कासन गर्ने जनाएको छ ।
कम्पनीको अनुसार निष्कासन गर्न लागेको जम्मा ६६ लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत वा ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत कित्ता सामुहिक लगानी कोषहरुमा सुरक्षित गर्ने भएको छ । बाकी रहेको ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवदेन सदन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार कम्पनीको उक्त साधारण शेयर (आईपीओ)मा फागुन २३ गतेबाट छिटोमा २८ गते सम्म र ढिलोमा चैत्र ८ गतेसम्म आवेदन दिन सक्ने सक्नेछन् ।