काठमाडौं, १४ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स लघुवित्त र गणपति लघुवित्त वित्तीय सस्थाको शेयरमुल्य समायोजन भएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बिहीबार भएको अन्तिम कारोबार मुल्य ३३ सय २५ रुपैयाँको आधारमा नेप्सेले २१ प्रतिशत बोनस पछि २७ सय ४८ रुपैयाँ कायम हुने गरी शेयर समायोजन गरेको जनाएको छ ।
यसैगरी, नेप्सले गणपति लघुवित्तको बिहीबार भएको अन्तिम शेयर कारोबार मुल्य १६ सय ७३ रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता १५ सय ४२ रुपैयाँ नयाँ मुल्य कायम गरेको हो ।