Logo

नेपाल–बङ्गलादेश युवा सम्मेलन आजदेखि



काठमाडौं, फागुन १५ । कोभिड–१९ का कारण प्रभावित हुँदै आएको चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुदै छ । दिगो विकास लक्ष्य, जलवायू परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मोलन केन्द्रित हुने आयोजक प्रतिनिधि अभिनव चौधरीले बताएका छन्।
युवा विकास केन्द्र र साउथ एसिया पार्टनरसिप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा हुने सम्मेलनमा दुई देशको व्यापारका सम्बन्धमा युवाको भूमिकाका विषयमा छलफल हुनेछ । सम्मेलनमा दुवै देशका कलाकारले लोक संस्कृति प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

सम्मेलनमा द्विपक्षीय सम्बन्ध विस्तार र कोभिडपछिको अवस्थामा जनस्वास्थ्यमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ । यसअघि पहिलो र तेस्रो सम्मेलनमा काठमाडौँमा भएको थियो भने दोस्रो पूर्वी नेपालको इटहरीमा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot