Logo

आश्रमलाई ४ करोडको जग्गा



मोरङ, फागुन १५ । मानव सेवा आश्रम विराटनगरलाई ६ कट्ठा जग्गा प्रदान गरिएको छ । विराटनगर महानगरपालिका–५ स्थित कोचाखालको जग्गा सडक सहयोगापेक्षी मानवको बसोबासका लागि भवन निर्माण गर्न आश्रमलाई प्रदान गरिएको हो ।

डम्बर सतसङ सद्गुरु कविर सेवा आश्रमकी अध्यक्ष सुशीला भट्टराईले मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई ४ करोड मूल्यबराबरको उक्त जग्गाको कागजपत्र शुक्रबार प्रदान गरेकी हुन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको पहलमा डम्बरबहादुर खड्काको परिवारले जग्गा प्रदान गरेको हो ।

डम्बरबहादुर खड्काले आफ्नो मृत्युपछि मानवसेवा गर्नका लागि १३ कट्ठा जग्गा कविर आश्रमका नाममा राखेको परिवारजनले बताए । उक्त आश्रमको नाममा रहेको जग्गामध्ये ६ कट्ठा जग्गा मानसेवाको हितका लागि भवन निर्माण गर्न खड्का परिवारले प्रदान गरेको बताइएको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot